शास्ता भगवान बुद्ध परिनिर्वाणमा प्रवेश भैइसकेपछि पालि भाषामा भएका धर्महरु सबैभन्दा पहिला भारत वर्षमा बुद्धका सात उत्तरधिकारी लगाएतले यस धर्म परम्परालाई निरन्तर रुपले विकास गरेका थिए ।
संस्कृत भाषामा भएका महायान परम्पराका धर्मलाई देव तथा नागलोकमा कर्म सिद्धि विनयजन मैत्री मञ्जुधोष आदि द्वारा उत्थान तथा प्रचारप्रसार गरेका थिए । पश्चात बुद्ध स्वयंले भविष्यवाणी गर्नु भए अनुसार शास्ताको महा परिनिर्माण पश्चात चार सय वर्ष पछि श्री नाथ आर्य नागजुर्ण नौ सय वर्ष पछि ।
आर्य असंग पाल्नु भैई महायनको शासन भारतमा लगायत अन्य देशहरूमा प्रचार प्रसार गरेका थिए । बुद्धको शासन संरक्षण प्रबर्द्धन गर्न केही शैक्षिक संस्थाहरुको नाम लिने हो भने भारतमा सुरुमा तक्षशिला त्यसपछि नालन्दा, त्यस पछि विक्रमशिला आदि महाविहारहरु, प्रसिद्ध थिए । त्यसैगरी बुद्ध धर्म भारतबाट अन्य देश हरुमा पनि फैलिएको थियो । यसरी फैलिने क्रममा सर्वप्रथम श्रीलंका आदि देशहरु मा फैलिएका थिए तत्पश्चात चौथो शताब्दीमा भारतबाट चिन त्यसैगरी चिनबाट कोरिया आदि आदि देशहरूमा फैलिएका थिए त्यसपछि सातौं तथा आठौं शताब्दीमा गएर भारतबाट बौद्ध धर्म सोझै तिब्बत तर्फ फैलिएको थियो । त्यो पनि बुद्धको भविष्यवाणी अनुसार सबभन्दा पहिला तिब्बतीको राजा ल्हाथोरीबेन्चेनको बेलामा तिब्बतमा बौद्धधर्म प्रचारप्रसार हुने सुरुवाती साईत राम्रो भएको थियो । यश पछि धर्मराज स्रोङचेन गाम्पोको पालामा बौद्धधर्म प्रचारप्रसार भएको थियो । त्यसपछि धर्मराज ठिसोङ देउचन को पालामा भारतका प्रसिद्ध नालन्दा बौद्ध विश्वविद्यालयको प्रकाण्ड बौद्ध पण्डित उपाध्याय शान्त रचित भारतका महाशिद्ध माहचार्य पदमसम्यव र धर्मराज ठिसोङ देउचन तीनजनाको भेट भए देखि नै भोटमा बुद्धको धर्म सूर्यको किरण झैँ फैलिएको थियो । ती तीन महान पुरुषहरु द्वारा प्रचारप्रसार गरेका तिब्बती बौद्ध धर्मलाई ञिङमा परम्पराको धर्म भनिन्छ । त्यसपछि भारतका नालन्दा र विक्रमशिला बौद्ध विश्वविद्यालयका महान ज्ञानी सिद्धपुरुष दिपंकर श्री ज्ञान तिब्बतमा पाल्नु भैई कादम्पा (उपदेश) परम्पराको धर्म फैलियो त्यसपछि काग्यु परम्पराको धर्म फैलिए । काग्यु परम्परा दुई प्रकारका छन् भारतको सिद्ध पुरुष नारोपा र मैत्री पाका परम्परा ग्रहण गर्ने मार्पा, मेला धाक्यो यी तीन सत्तपुरुषहरु द्वारा आएको मापा परम्परा महासिद्ध पुरुष राहुल परम्परा गुण्तको परम्परा ग्रहण गर्ने सिद्ध पुरुष खुङपो नालजोर द्धारा प्रचारप्रसार भएका शाड्-काग्यु परम्परा गरि दुई प्रकारका छन् । त्यसपछि नालन्दाका महान सिद्ध विरुपा परम्परा ग्रहण गर्ने खोन कोन्छायोग ग्याल्पो आदि बाट शाक्य परम्परा फैलिएको हुन त्यसपछि महान चोङ्खापा ले माथि उल्लेखित चारै सम्प्रदाय धर्ममा श्रवण चिन्तन भावना गरिसकेपछि गुरु मञ्जुश्री प्रति आश्रित भैई सूत्र तथा तन्नाका धेरै महत्त्व विषयहरुमा पूर्णरुपले परम्परा हुन गएको थियो । त्यस पछि नयाँ कादम्पा
परम्पराको प्रचारप्रसार गर्नु भयो । त्यस प्रकारको भोटबाट क्रमिकरुपले मंगोलिया, नेपाल, लगातार अनेक हिमाली भेगहरु साथै धेरै राष्ट्रहरूमा फैलिए र भोटको बौद्ध धर्ममा श्रवण चिन्तन तथा भावना गर्नेको संख्या अत्यधिक रहेको छ । भोट र हिमाल क्षेत्रका बौद्ध धर्म भारतबाट भोटमा फैलिएको थियो । विशेष गरि नालन्दाका अनेक बौद्ध ज्ञानी सिद्ध पुरुषहरु द्वारा बौद्ध धर्मलाई राम्ररी फैलिएका नालन्दाको विशुद्ध परम्परा रहेको कुनै कुनै अज्ञानिहरुले भोट धर्म भोटेगुरुहरुले आफ्नै मनमानी ढुगंले नयाँ बनाएको लामावादी धर्म लामावाद हो भन्छन् । भगवान बुद्धले बताउनु भएको होइन भनी गरिने टिकाटिप्पणी निराधार भएको कुरा हामी सबैले बुझ्नु आवश्यकता छ अझ इमानदारीका साथ विश्लेषण गरि हेर्ने हो भने भोट वा हिमाली क्षेत्रमा बौद्धधर्म शास्ता भगवान् बुद्धले पालि र संस्कृति भाषामा भन्नू भएको एक सम्पुर्ण तथा परिपुर्ण धर्म हो त्यसमा युक्त वा सम्यक कारणहरु द्वारा अध्ययन र अभ्यास गर्ने तरिका उत्तम प्रजाको शासन तथा आचरणको दृष्टि कोले प्रज्ञाले युत्तमुल करुणमा आधारित भएकोले पनि यो धर्म अझ फैलिएर जाने सुनिश्चित छ ।

लेखक महायानी बौद्ध धर्मगुरु :

गेशे लोब्साङ दावा