‘ॐ मणि पद्मे हुँ’ हिमाली बौद्धधर्म र उपयाम परम्परामा सबैभन्दा धेरै जपिने महत्वपूर्ण मन्त्र हो । यसलाई करुणा बोधिसत्व चेन्रेजिग (अवलोकितेश्वर) को मन्त्र मानिन्छ । यस मन्त्र गहिरो आध्यात्मिक , नैतिक र प्रतीकात्मक अर्थ समाहित छन् । यो केवल शब्दको गुड्दैनन मात्र होइन करुणा , प्रज्ञा र चेतनाको मार्गतर्फ मानिस लैजाने मन्त्र हो ।
‘ॐ मणि पद्मे हुँ’ (Om Mani Padme Hum) प्रत्येक अक्षरको उत्पत्ति र अर्थ गरिन्छ छ–
• ॐ (Om) – सम्पूर्ण ब्रह्माण्डको मूल ध्वनि मानिन्छ । यो केवल बौद्धधर्ममा मात्र होइन , सनातनी र अन्य धर्ममा पनि प्रयोग हुन्छ । ‘ॐ’ बुद्धको शरीर , वाणी र मनको प्रतीक हो ।
• मणि (Mani) मणिको अर्थ ‘रत्न’ हुन्छ । बौद्ध दर्शनमा रत्न करुणा र सबै प्राणीप्रतिको लाभ पुगाउने संकल्पको प्रतीक हो ।
• पद्मे (Padme) पद्मेको अर्थ ‘कमल’ हुन्छ । कमल फोहोर पानीबाट निस्केर पनि स्वच्छ र पवित्र रहने हुँदा यस प्रज्ञाको प्रतीक हो ।
• हुँ (Hum) हुँको अर्थ अडिगता हुन्छ । अर्थात् करुणा र प्रज्ञाको एकताको प्रतीक ।
प्रत्येक अक्षरले संसारका छवटा लोकहरूलाई शुद्ध गर्छ–
अक्षर शुद्ध गर्ने क्लेश लोक
ॐ अहंकार देव लोक
म ईर्ष्या असुर लोक
णि तृष्णा मानव लोक
पद् अज्ञान पशु लोक
मे लोभ प्रेत लोक
हुँ क्रोध नरक लोक
यसरी मन्त्र जप गर्दा क्रमशः क्लेशहरू शुद्ध हुँदै आत्मा रूपान्तरण हुन्छन् ।
ॐ मणि पद्मे हुँ’ आध्यात्मिक महत्व
• करुणाको मूर्त रूप
यो मन्त्र बोधिसत्व चेन्रेजिग (अवलोकितेश्वर) को शक्तिको प्रतीक हो, जो अनन्त करुणाको स्रोत हुन् ।
• सरल तर पूर्ण साधना
अभ्यास अनुसार , केवल मन्त्र जप गरे पनि पूर्ण बोध मार्गको अभ्यास हुन्छ । दर्शन नबुझे पनि मनभित्र प्रेम र आपरूप तथा सद्भाव परिवर्तन गर्छ ।
• शुद्धिकरण र रक्षा
यो मन्त्र कर्म शुद्धि गर्छ, नकारात्मक शक्ति बाट जोगाउँछ र मुक्ति प्राप्तिको बिज रोप्छ ।
• प्रेम र करुणाको अभ्यास
मनदेखि जप्दा यसले हृदय खोल्छ, करुणा बढाउँछ र बोधिचित्त उत्पन्न गर्छ – सबै प्राणीको मुक्ति गराउने भावना ।
साधारण गृहरूपका लागि , यो मन्त्र सुखद र शान्त छ । उच्च साधकका लागि , यो बोध चेतको ढोका हो ।
‘ॐ मणि पद्मे हुँ’ केवल जप्ने शब्द होइन – यो एक सम्पूर्ण मार्ग हो । यो करुणा, प्रज्ञा र सबै प्राणी हुँदाप्रति एक हो भन्ने चेतना हो ।
ॐ मणि पद्मे हुँ
ॐ मणि पद्मे हुँ
ॐ मणि पद्मे हुँ
०००

लेखक : बालकृष्ण थारु
बुद्ध साधक, विराटनगर