नेपालको इतिहासमा २०५२ साल देखि २०६३ साल सम्म चलेको महान जनयुद्ध एक युगन्तकारी घटना थियो । तत्कालिन नेपाली कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा सन्चालित नेपालको महान जनयुद्ध नेपालको सामाजिक राजनैतिक र प्रशासनिक ढाँचामा व्यापक परिवर्तन ल्यायो । यसले पुराएको असर क्षतिबारे विविध दृष्टिकोण भएता पनि यसले नेपाली राजनितीमा हासिल गरेका मुख्य उपलब्धीहरुलाई निम्न अनुसार विश्लेषण गर्न सकिन्छ ।

१) राजतन्त्रको अन्त्य र संघिय लोकतान्त्रिक गणतन्त्र को स्थापना :– दश बर्षे महान जनयुद्ध को जगमा ६.२÷६३ को ऐतिहासिक जनआन्दोलन बाट २४० वर्षिय लामो निरङकुश शाह–वंशीय राजतन्त्रको अनत्य भयो । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो । जसले देशको शासन व्यबस्था जनताका प्रतिनिधीहरु मार्फत सन्चालन हुने ढोका खुल्यो ।

२) संविधान सभाबाट नयाँ संविधान : जनयुद्धको प्रमुख माग राजनितीक मागमध्य एक संविधान सभाबाट संविधान निमार्ण गर्ने थियो । बि.सं.२०७२ मा संविधान सभाबाट नेपालको संविधान जारी भयो जसले जनतालाई नै सार्वभौम सत्ता सम्पन्न र राजकीय सत्ताको मालिक बनायो।

३) समाबेसीता समानुपातिक प्रतिनिधित्व र पहिचान : जनयुद्धले बर्षों देखि पछाडि पारिएको वर्ग समुदाय र लिङ्गलाई राजनिती र राज्यको मुल प्रवाहमा ल्याउन ठूलो भूमिका खेल्यो ।

क) महिला दलित आदीवासी जनजाती मधेशी मुश्लिम र सिमान्तकृत समुदायको लागि राज्यका हरेक निकायमा आरक्षण र समानुपातिक प्रतिनिधित्व व्यवस्था गरियो ।

ख) महिलाहरुलाई राज्यको उच्च पदहरु र राजनितीमा ३३% सहभागिताको संवैधानिक ग्यारेन्टी गरियो ।

४) विकेन्द्रीकरण र संघियता: केन्द्रीकृत राज्यसतालाई ढालेर देशलाई ७ उदेश र ७५३ स्थानीय तहमा विभाजन गरियो । सिंह दरबार को अधिकार गाउँ–गाउँमा पुर्याउने अवधारणा जनयुद्ध र त्यसपछि को परिवर्तन देन हो जसले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ ।

५) धर्म निर्पक्षता र सामाजिक सचेतना : नेपाललाई धर्म निर्पक्षता राज्य घोषणा गरियो जसले सबै धर्म, संस्कृति र समुदायलाई समान अस्तित्व प्रदान गर्यो । यसका साथै जातपाट, अन्धविश्वास र छुवाछुत विरुद्ध गाउँ–गाउँ सम्म अभुतपूर्व सामाजिक जागरण फैलियो ।

६) शान्ति प्रक्रिया र सेना समायोजन : जनयुद्ध अन्त्य सँगै भएको विस्तृत शान्ति सम्झौता (२०६३) मार्फत तत्कालिन जनमुक्ति सेनाको हातहतियार व्यवस्थापन र नेपाली सेना समायोजन भयो । यो विश्व राजनितीमा एकल सफल र मौलिक शान्ति प्रक्रिया को उदाहरण मानिन्छ । निष्कर्ष १० वर्षे जनयुद्ध ले राज्यको परम्परागत संरचनालाई भत्काएर नयाँ समावेशी र अधिकारमुखि नेपालको आधारशिला खडाँ गरियो । यद्यपि यस क्रममा भएको जनधनको क्षेति र द्वन्द्वपिडितहरुले अझै न्याय पाएका छैनन् । यस्तो चुनौतीहरु बाँकी नै छन् । तर राजनैतिक र सामाजिक अधिकारको दृष्टिले यो अवधि नेपालको इतिहासको सबै भन्दा ठूलो रुपान्तरणको मोड सावित भयो ।

सुक बहादुर बुढा मगर लुम्बिनी प्रदेश सदस्य नेपाली कम्यूनिष्ट पार्टी